बोर्डेक्स मिक्सचर विषयसूची इतिहास मुख्य प्रयोग बनाइने विधि पद्धति जोखिम अन्य यी पनि हेर्नुहोस् सन्दर्भ सामग्री बाह्य कडी नेविगेशन मेनू"Bordeaux Mixture"

Multi tool use
कृषि
चुनढुसीफ्रान्सअङ्गुरलाही किरा
बोर्डेक्स मिक्सचर
Jump to navigation
Jump to search

अङ्गुरका पातहरूमा बोर्डो मिश्रणको प्रयोग
बोर्डेक्स मिक्सचर वा वोर्डो मिश्रण (अङ्ग्रेजी: Bordeaux mixture) चुन (स्लेक्ड लाईम; Ca(OH)2) र नीलोतुथो (कपर सल्फेट; CuSO4) घोलेर बनाइएको घोल हो । बगैँचा, फलफूलका फार्महरूमा ढुसी जन्य जीवाणुहरू बाट बच्नका लागि बोर्डो मिश्रणको प्रयोग गरिन्छ । रोग लाग्नु अघि नै प्रयोग गरेको खण्डमा मात्र मिश्रण प्रभावाकारी हुन्छ । उन्नाइसौं शताब्दीमा पहिलो पटक फ्रान्समा यो मिश्रण बनाइएको थियो ।
विषयसूची
१ इतिहास
२ मुख्य प्रयोग
३ बनाइने विधि
४ पद्धति
५ जोखिम
६ अन्य
७ यी पनि हेर्नुहोस्
८ सन्दर्भ सामग्री
९ बाह्य कडी
इतिहास
उन्नाइसौं शताब्दीमा युरोपमा अङ्गुरमा थुप्रै रोगहरु देखिए । बोर्डेक्स विश्वविद्यालयका वनस्पति प्रध्यापक पियर्अ-मेरी-अलेक्सीस मिल्याडर्टले सडक छेउका अङ्गुरका बोटहरू स्वस्थ देखे । त्यहाँ बटुवाहरूलाई अङ्गुरको बोटबाट विकर्षण होस् भन्ने हेतुले चुन र निलो तुथो लगाएको पाए । पियर्अले, अरनेष्ट डेबिडसँग थप अनुसन्धान पछि आफ्नो नतिजा सन् १८८५ मा प्रकाशित गरेर मिश्रणको प्रयोगको प्रोत्साहन गरे ।
फ्रान्समा वोर्डो मिश्रणलाई मिलार्डेट-डेबिड टेर्टमेन्ट पनि भनिन्छ ।
मुख्य प्रयोग
यसको प्रयोग 'ढुसी' बाट हुने रोगहरुबाट बोटविरुवा बचाउन प्रयोग गरिन्छ । डढुवा (ब्लाईट), दादे (स्क्याब) र लाही किरा (एफिड्स) जस्ता रोग र किराहरूबाट बचाउन यसको प्रयोग गरिन्छ ।
यसलाई अर्गानिक कृषिमा प्रयोग गरिन्छ ।
बनाइने विधि
- १०० ग्राम चून र १०० ग्राम नीलोतुथो भिन्नै भिन्नै भाँडामा पिसिन्छ । सँगै १० लिटरको पानी पनि नापेर राखिन्छ । १% बोर्डेक्स मिक्स्चरका निम्ति एक किलो चुन, एक किलो निलोतुथो १०० लिटर पानीमा मिसाइने मात्रा हो । यसलाई बोटका जरा र काण्डमा प्रयोग गरिन्छ । ०.५% को बोर्डेक्स मिक्स्चर भने पातहरुमा बढी प्रयोग गरिन्छ । मिक्स्चरको pH न्युट्रल नै हुनुपर्छ ।

बोर्डेक्स मिक्स्चर बनाइने क्रममा, तयार भएपछि पनि यो हल्का निलो रङको हुन्छ ।
- चून र नीलोतुथो भिन्नभिन्न भाँडामा अलिकति पानीमा घोलिन्छ । यसलाई १० लिटर पानीमा मिसाई पुन: घोलिन्छ । यो सिधै उमेर अनुसार १-१५ बोटलाई छर्न पुग्छ ।
- स्प्रे ट्यांकीमा भर्नलाई मसिनो कपडाद्वारा छानिन्छ ।
- यो विषादी ताजामा नै प्रयोग गरिन्छ ।[१]
- फलामको भाँडाहरुको प्रयोग गरिनुहुन्न ।
- निलोतुथोलाई चुनको घोलमा मिसाइनुपर्छ नत्र यसको प्रभाव कम हुन्छ ।
- बोर्डेक्स पेस्ट पनि उहीँ ने भएपनि यसमा पानीको मात्रा कम हुन्छ, १०० ग्राम कपर सल्फेट, २०० ग्राम चून र ३०० एमएल पानीले तयार पार्न सकिन्छ । बोटविरुवामा कुनै किसिमको चोट वा काटिएको भागमा पेष्टको प्रयोग गर्न सकिन्छ ।
पद्धति
मिक्स्चरमा हुने (Cu2+) आयन्सले (क्युप्रिक हाइड्रोअक्साइड बाट प्राप्त हुने) ढुसीलाई हुर्कन नदिई जैविक प्रक्रियालाई असर गर्दछ । यसका निम्ति ढुसी लाग्नु भन्दा पहिलै मिक्स्चरको प्रयोग भएको हुनुपर्दछ । पानीले सजिलै पखालिन सक्ने हुनाले पनि त्यति उपयुक्त नहुन पनि सक्छ । साधारण रुपमा जाडोको समयमा मिक्स्चरको प्रयोग गर्न सकिन्छ, तर चिसो र बादल लागेको अवस्थामा प्रयोग नगर्दा नै उत्तम हुन्छ ।[२]
रासायनिक प्रक्रिया :
CuSO4 + Ca OH)2= Cu(OH)2 + CaSO4
जोखिम
तामाको मात्रा बढी भएको अवस्थामा माछा, गाईवस्तु र माटोको गड्यौलालाई समेत असर गर्न सक्दछ । तर, अन्य विषादी भन्दा यो मिक्स्चर कम घातक हुन्छ ।
अन्य
- बोर्डो पेष्ट
- बोर्डो पेन्ट
- बुर्गुन्डी मिक्स्चर/मिश्रण (Burgundy Mixture)
यी पनि हेर्नुहोस्
सन्दर्भ सामग्री
↑ कृषि विकास डायरी. काठमाडौं: नेपाल बीउ व्यवसायी संघ. सन् २०११-१२. प॰ २००.
↑ "Bordeaux Mixture" @ Integrated Pest Management @ UC Davis.
बाह्य कडी
श्रेणी:
- कृषि
(window.RLQ=window.RLQ||[]).push(function()mw.config.set("wgPageParseReport":"limitreport":"cputime":"0.052","walltime":"0.072","ppvisitednodes":"value":679,"limit":1000000,"ppgeneratednodes":"value":0,"limit":1500000,"postexpandincludesize":"value":5070,"limit":2097152,"templateargumentsize":"value":1140,"limit":2097152,"expansiondepth":"value":13,"limit":40,"expensivefunctioncount":"value":0,"limit":500,"unstrip-depth":"value":0,"limit":20,"unstrip-size":"value":1930,"limit":5000000,"entityaccesscount":"value":0,"limit":400,"timingprofile":["100.00% 32.875 1 ढाँचा:Reflist","100.00% 32.875 1 -total"," 85.60% 28.141 1 ढाँचा:Cite_book"," 63.03% 20.722 1 ढाँचा:Citation/core"," 7.38% 2.425 1 ढाँचा:Citation/make_link"],"cachereport":"origin":"mw1262","timestamp":"20190329090359","ttl":2592000,"transientcontent":false););"@context":"https://schema.org","@type":"Article","name":"u092cu094bu0930u094du0921u0947u0915u094du0938 u092eu093fu0915u094du0938u091au0930","url":"https://ne.wikipedia.org/wiki/%E0%A4%AC%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%A1%E0%A5%87%E0%A4%95%E0%A5%8D%E0%A4%B8_%E0%A4%AE%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B8%E0%A4%9A%E0%A4%B0","sameAs":"http://www.wikidata.org/entity/Q893396","mainEntity":"http://www.wikidata.org/entity/Q893396","author":"@type":"Organization","name":"Contributors to Wikimedia projects","publisher":"@type":"Organization","name":"Wikimedia Foundation, Inc.","logo":"@type":"ImageObject","url":"https://www.wikimedia.org/static/images/wmf-hor-googpub.png","datePublished":"2015-07-02T11:51:36Z","dateModified":"2018-01-03T09:39:09Z","image":"https://upload.wikimedia.org/wikipedia/commons/f/f5/Bourdeaux_mixture.jpg"(window.RLQ=window.RLQ||[]).push(function()mw.config.set("wgBackendResponseTime":101,"wgHostname":"mw1253"););MyLU4XPYK 0HC,OIYZp,EZmwPm,JI9vdmxWPR1ADL7,xYBBJlf 0 hbajBMDCVP5uJYz3z3bRkXcRq8T HdtWIikCEM